गजल -स्वतन्त्र

शनिबारका कुरा
*************
जिन्दगी र जीवनमा फरक धेरै हुन्छन्
गन्तव्यमा पुग्नलाई सडक धेरै हुन्छन्
:::::::::::::::
यात्रा कहाँ सम्म हुने, तय कहाँ हुने हो
मूलबाटोमा भेट अचानक धेरै हुन्छन्
::::::::::::::::

शनिबारका कुरा

बूढापाका भन्छन्, सुतेको बाघ नचलाउनु
बालुवाको मात्र घर हुँदैन,पसिना नबगाउनु
:::::::::: ::::::::::: ::::::::::
पाईन्न फल सोचेको,कालो मनले देव धाई
स्वार्थी मन राखेर मन्दिरमा,फूल नचढाउनु

गजल -स्वतन्त्र

मलाई सम्झिदै तिमी रुनुको अर्थ के
आँशु सरीको मुहार नधुनुको अर्थ के

भेट हुँदा मूलबाटोमा छोडी भागे पनि
सधै लुकी मेरो फोटो चुम्नुको अर्थ के

गजल-स्वतन्त्र

र हतार हतारको पहिचानमा गल्ति भयो
भन्दैछिन  उनि त अन्जानमा गल्ति भयो

मुटुकै माया दिएको हुँ कसम खाएर भनि
समर्पण सहितको बलिदानमा गल्ति भयो

गजल

सधै राम्रो राखेस बाबु बानि भन्नु हुन्छ
सुखी रहोस तिम्रो जिन्दगानी भन्नु हुन्छ

म कहिल्यौ जवान भइन वहाँको नजरमा
अझै पनि आमा मलाई नानी भन्नु हुन्छ